मोतिराज र कल्पनाको नक्कले साईली

काठमाडौं । इन्जिनियरिङ पेसासँगै गीत संगितमा रुची राख्ने अनिल पौडेलको अभिनय रहेको तीज गीत ‘नक्कले साईली’ सार्वजनिक भएको छ ।

गाउँघरमा भाकालाई टपक्क टिपेर गीत सिर्जना गर्न खप्पिस गायक तथा सर्जक मोतिराज खनाल र कल्पना विष्टले यो गीत गाएका छन् । गीतको शब्द र संगीत खनाल स्वयमको रहेको छ ।

गीतको भिडियो सुरज खनालले निर्देशन गरेको यस गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । म्युजिक भिडियोमा पौडेलसँगै भुवन पोखरेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् ।

लामो समयदेखि इन्जिनियरिङ पेशामा रहेका पौडलेले नेपालको मौलिक गीतसंगित, गाउँघरका भाका तथा कला संस्कृतिको जगेर्ना गर्न गीत मार्फत केही प्रयत्न गरेको बताए । मौकिल भाकाहरुलाई अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा पुस्तान्तरण गर्न युवाहरुको विशेष भूमिका रहने भएकाले मुख्य पेशाबाहेक गीत संगितमा आफ्नो विशेष रुची रहेको बताए ।

संसा फिल्मस् युट्युब च्यानलबाट गीत सार्वजनिक भएको केही दिनमै निकै लोकप्रिय भएको गायक खनालले बताए । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा बुधबार विशेष कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।