आश्माकुमारी नयाँ मिस नेपाल

काठमाडाैं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

शनिबार हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।