दिप्सन र मेलिनाको घुम्न जाउँ धरान शहर

काठमाडौं । म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमुद्वारा निर्देशित ‘घुम्न जाउँ धरान शहर’ बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । भिडियोमा माया तामाङ्गको प्रस्तुति छ ।

राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्वूलाई मेलिना मैनालीले साथ दिएकी छिन । दिनेश पराजुलीको छायांकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन भने सम्पादन अनिल रानाले गरेका हुन । पोष्ट प्रोडक्सनको काम भने निर्देशकको आफ्नै पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो ।

यस भिडियोदबाट भने उनले तामाङ्ग जातीको भाषा, भेषभुषा र संस्कृती देखाउन खोजेका छन । प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर भएका छन । भिडियोमा बाबु–आमाको ईच्छा विपरित प्रेमीका आफ्नो प्रेमीसँग भाग्छिन र भाग्दा भाग्दै यसको ईन्डिङ्ग सस्पेन्स रहेको छ ।