मंसिर ७ मा देववाणी

काठमाडौं । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो ।

पोस्टरमा फिल्मका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।