तीज गीतमा पुजनको हे आमा भन्न मिलेन

काठमाडौं । गायिका पुजन काफ्लेको स्वर, शब्द र संगीतमा तीज गीत ‘हे आमा भन्न मिलेन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जिब बराइलीको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रविण थापा निर्देशित भिडियोमा स्मारिका ढकाल, संस्कृति भुजेल, एलिजा काफ्ले, मैया काफ्ले, चिना मोक्तान, कजी कोइराला, सरिता उप्रेती, सुनिता उप्रेती, रिता उप्रेती, एलिना काफ्ले, एञ्जल काफ्ले, तारा निरौला, मुना निरौला, तुलसा निरौला, रोश्न निरौला, रञ्जना निरौला र विमला बुढाथोकी फिचर्ड छन् ।

भिडियोमा प्रविणकै कोरियोगाफी, सरोज शाही एण्ड टिमको छायांकन, निराजन केसीको सम्पादन र कलर छ । भिडियोका निर्माता यज्ञबहादुर काफ्ले र मैया काफ्ले हुन् ।

पुजनले यसअघि एक आधुनिक र एक तीज गीत बजारमा ल्याइसकेकी छन् । भिडियो पुजनकै अफिसियल युटयुब च्यानल पुजन काफ्लेबाट सार्वजनिक गरिएको हो ।