कान्तिपुर सिनेमाजमा नाङ्गो गाउँ र दान्भी

काठमाडौं । कान्तिपुर सिनेमाजमा ओटीटीमा ‘नाङ्गो गाउँ’ र ‘दान्वी’ रिलीज भएको छ । रक्षा बन्धनको अवसरमा सोमबार कान्तिपुर सिनेमाजले यि चर्चित फिल्महरुको ओटीटी स्ट्रिमिङ सुरु गरेको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा दयाह्याङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा र मिरुना मगरको शीर्ष अभिनय रहेको ‘नाङ्गो गाउँ’ गत वर्ष २९ भदौंमा हलमा प्रदर्शनमा आएको थियो । भने रुपेश तामाङको निर्देशनमा पुजा शर्मा, कुन्साङ बोम्जन लगायतको अनिभय रहेको फिल्म दान्वी गत असार ७ गते हलमा प्रदर्शन भएको थियो ।

हाल कान्तिपुर सिनेमाज मा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० ओटाभन्दा बढी प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन् । पछील्लो समय फरक विधाका चलचित्र, भिजुअल कन्टेन्ट र स्वतन्त्र फिल्म मेकरहरूका लागि कान्तिपुर सिनेमाज एक उपयुक्त विकल्प बन्दै गईरहेको छ ।

यस प्लेटफर्मलाई विश्वभर कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ । युजरले मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सबै कन्टेन्ट हेर्न सकिने र एउटा अकाउन्ट दुई वटा सम्म डिभाईस मा लगईन गर्न सकीने कान्तिपुर सिनेमाजले बताएको छ । यो प्लाटफर्मलाई कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको हो ।