राधा पियारीमा सहकारी पीडितको कथा

काठमाडौं। लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियो ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ।एस।आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो।

पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ। भिडियो केही सस्पेन्स छ तर आकर्षक बनेको छ। नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियोले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो।

भिडियोमा पल र मलिका पुलिसको भुमिकामा छन । सहकारीको नाममा सोझा(साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियोले रमाईलो तरिकाले प्रस्तुति गरेको छ।

गायिका शान्तिश्री परियार र गायक कृष्ण बिकेको स्वर रहेको यो गीतमा कृष्ण बि।के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जिबि अग्रको निर्देशन रहेको छ।

नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।