मिस्टर एण्ड मिस लिटिल कोशीको इटहरी अडिसन

काठमाडौं । सातौ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को इटहरी अडिसन शनिबार साँझ सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि इटहरीमा भएको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

अर्को अडिसन आउँदो भदौ १५ गते सुनसरीको धरान, भदौ २२ गते विराटनगर र भदौ २९ गते झापामा अडिसन हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, विपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की विजेता कृति बस्नेत र थिएटर आर्टिस्ट सुगम दुलाल थिए ।

अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई दशैको छुट्टीमा प्रशिक्षणमा राखिनेछ । ‘बालबालिकाहरुको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ’, उनले भने, ‘बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका छौं ।’