शिल्पाको प्रेममा विल्सनविक्रम

काठमाडौं । गायक अमर राईको स्वरमा रहेको गीत ‘चञ्चले नानीले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । भिडियोमा विल्सनविक्रम राई र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।

भिडियोमा दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

निर्देशक निकेश खड्काले गीतलाई गाउको एक कथामार्फत प्रस्तुत गरेको बताए । ‘विल्सन गाउँले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु ।’ उनले भने । गायक राईले गाउँको मौलिक शब्दलाई गीतमा प्रयोग गरिएको बताए ।