तीजलाई दुर्गेशको बीच्च बीच्चमा ७

काठमाडौं । तीजको अबसरमा निरन्तर ‘बीच्च बीच्चमा’ नामको सिरिज ल्याएर चर्चा कमाएका गायक, संगीतकार दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ । यो तीजबाट ‘बीच्च बीच्चमा’ सिरिजलाई बीट मार्ने घोषणा गरेका थापाले अन्तिम शृङ्खला स्वरूप ‘बीच्च बीच्चमा ७’ दर्शक श्रोतामाझ ल्याएका हुन् ।

जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । आफ्नै निर्देशनमा भिडियो ल्याएका दुर्गेशले एक विदुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफुलाई उभ्याएका छन् ।

मौसम हिमालीको नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामा फिचर्ड छन् । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए । यो गीतमा शब्द, संगीत, स्वर दुर्गेश एक्लैको रहँदा एरेञ्ज शाहष शाक्यको र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ ।