थापा र दुलालको सोह्रै सिंगार लाएँ

काठमाडौं । गायक नारायण थापाको स्वर, दिनेशराज पुरीको शब्द रहेको तीज गीत ‘सोह्रै सिगार लाएँ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नारायणलाई स्वरमा आश्मा दुलालले साथ दिएकी छन् ।

नारायण र दिनेशले यसअघि ‘आज मृत्युले मलाईं’ गीतको लिरिकल गीत सार्वजनिक गरिसकेका छन् । ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक तीज गीतमा राजेन्द्र बजगाईंको एरेन्ज छ ।

भिडियोमा सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय छ । भिडियोका निर्देशक विजयराज भुर्तेल हुन् ।