हरिभक्तको तिम्रै नाम जप्न पाऔं

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऔ’ सार्वजनिक भएको छ । टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ । ‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि–स्टार फिल्मसले सम्पादन गरेको हो ।