आँँखाको खुशीमा स्मिता र आरके

काठमाडौं । आगामी असोज ११ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थिम गीत’ सार्वजनिक गरेको हो ।

गीतमा प्रकाश मल्ल र राम अविरल बिष्ट शब्द छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको संगीत समावेश गीतमा एरेञ्जको काम गंगा थापाले गरेका छन्, मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रियू श्रेष्ठको छ ।

प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा बोल्छ । मिठासपूर्ण शब्द र संगीत रहेको गीत दर्शक श्रोतामाझ लोकप्रिय हुने अपेक्षा निर्माण टिमको छ । भिडियोमा स्मिता र आरकेले गीतको भाव अनुसारको मन छुने अभिनय पस्केका छन् ।

जौन योन्जनको निर्देशनमा बनेको फिल्म पोस्टर र टिजर सार्वजनिक पछि चर्चामा छ । चलचित्रकर्मी तथा चलचित्र शुभचिन्तक धेरैले सामाजिक सञ्जालमा यो फिल्मको टिजर सेयर गर्दै संभावनावान र ९हेर्नुपर्ने० फिल्मको सुचीमा ‘आँखा’लाई उभ्याएका छन् । टिजर रिलिजपछिको प्रतिक्रियाले केहि दबाब महसुस भएपनि फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकको अपेक्षा मेल खाने निर्देशक योन्जनले बताए ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह(निर्मातामा रेनुका कार्की ढोली छिन् ।

फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ । यो फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । नदी किनार ओगटेर बसेका सुकुम्बासी बस्ति भित्रको ‘आँखा’ यो फिल्मले खोल्ने प्रयास गरेको निर्माण टिमले बताएको छ ।