नमराज र सरिताको नगर दोमन

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।

यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा गायिका अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन् । यस अघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमाईलो बनेको छ ।

यो म्युजिक भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुँगानाले पनि अभिनय गरेका छन् ।

डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई आफुले रमाईलो शैलीमा निर्माण गरेको निर्देशक क्षत्रीले बताए । दोहोरी गायन प्रतिस्पर्धा शैलीमा गीतको भिडियो तयार गरिएको छ । यो गीतको भिडियोको छायाँकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ ।
सय भन्दा बढी काठे गीत गायका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यस अघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो ।

नगर दोमन गीतसँगै भिडियो पनि त्यत्तिकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने विश्वास आफुले लिएको गायिका सरिता भारतीले बताईन् । यो वर्षको तीज सकिँदै गर्दा दर्शकका लागि नयाँ गीत आफुहरुले ल्याएको पनि सरिताले बताईन् ।

गायक नमराजले पनि श्रोताहरुको चाहनालाई ध्यानमा राखेर केही फरक शैलीको भिडियो सहित यो गीत रिलिज गरिएको बताए । दर्शकबाट गीत र भिडियोको राम्रो प्रसँसा पाएको पनि उनले जनाए ।