घर नम्बर २ इन्डक्ल्याप

काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो ।

प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । वुद्धि सागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् । फिल्मलाई काठमाडौंमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।