गीतकार डा. सुवेदीको नरोउ है आमा

काठमाडौं । गीतकार डा. शिव सुवेदीको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सुबेदीको शब्द सिर्जना रहेको लोकगीत ‘नरोउ है आमा’ युट्युबमार्फत सार्वजनिक भएको हो ।

छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु समेटिएको गीतमा अहिलेकी चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको छ भने संगीत नन्दु परियारले गरेका हुन् ।

संगीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । भिडियोमा गायिका डल्लाकोटी मुख्य भूमिका छिन् । साथै, भिडियोमा डल्लाकोटीसँगै अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलको पनि अभिनय रहेको छ ।

कपिल लामाले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलले गरेका हुन् । गीतकार सुबेदीको यस गीतलाई पनि युट्युबमा दर्शक तथा श्रोताले रुचाएका छन् । डा. सुबेदीको यसअघिका अधिकांश गीत चर्चित छन् ।