सुर्यमान र शिल्पाको हाँसो राखें बन्धकीमा

काठमाडौं । प्रियसी म्युजिकले गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ ।

भिडियोमा बबिता श्रेष्ठको निर्देशन छ । श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गरेकी हुन् ।