९७औँ अस्करमा शाम्बाला छनोट

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने फिल्मको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै फिल्म ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ । समितिका अनुसार फिल्म ‘शाम्बाला’ ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ।

फिल्मको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो।