तेल भिसामा विपिनको डबिङ

काठमाडौं । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा फिल्मको डबिङ सकिने अभिनेता कार्कीले बताए ।

निर्देशक शंकर घिमिरेले फिल्मको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । अभिनेता कार्कीले पनि फिल्म डविङ गरिरहँदा निकै मज्जा आइरहेको बताए । फिल्मको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकल एउटा राम्रो फिल्म हर्न पाउने दाबी गरेका छन् । निर्देशक घिमिरेका यसअघिका फिल्म आफुले नहेरे पनि लामो समयपछि कमव्याक गरेपनि उत्कृष्ट काम गरेको अनुभव सुनाए । उनले करिब २० वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुशी देखिए ।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको बृद्ध र जवान गरी दोहोरो भुमिका हेर्न पाइनेछ । फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।