मंसिर ७ मा सारंग

काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचित प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको पोस्टरसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म मंसिर ७ बाट देशब्यापी प्रदर्शनमा आउने छ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङकै लेखन रहेको फिल्म टि फल्क फिल्मसले वितरण गर्ने छ । फिल्ममा समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, बिश्व स्याङ्वो, प्रभातजंगलगायतको पनि अभिनय छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ ।