सुशिलाको तिम्रो मायाको छहारीमा

काठमाडौं । सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको संगीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा व्यक्त गरिएको छ । शब्दहरू प्रेमिल छन् भने संगीत पनि कर्णप्रिय छ ।

भिडियोमा पशुपति श्रेष्ठ÷बद्री श्रेष्ठ÷सुमन पी मैनालीको छायांकन एवं सम्पादन छ । सानैदेखि गीत संगीतमा लगाव राख्ने सुशिला पछिल्लो समय अमेरिकाको बोस्टनमा बस्दै आएकी छन् । ‘तिम्रो मायाको छयारीमा’ गीतलाई गायिका सुशिलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।