झापाकी श्रद्धालाई बेहुली फ्रेम मेघौलीको पुरस्कार

काठमाडौं । प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्माण टिमले केही दिन अगाडी एउटा आर्कषक योजना ल्याएको थियो । यो योजना अर्न्तगत हरेक दिन एकजनाले एमआईको मोबाइल र ग्राण्ड पुरस्कार अर्न्तगत २ लाख ७७ हजार पर्ने न्यूहको गोवा ०३ इलेक्ट्रीक स्कुटर जित्ने अफर ल्याएको थियो । यो अफर पहिलो हप्ता अर्थात् ७ दिनसम्म देशभरका दर्शकले सहभागी हुन पाउने व्यवस्था फिल्मको निर्माण टिमले गरेको थियो ।

यो योजनामा भाग लिन चाहने व्यक्तिले नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सको अनलाइन टिकट काटेर फिल्म हेर्नु पर्ने थियो । यो हलको टिकट अनिवार्य रुपमा अनलाइन माध्यम खल्ती एप अथवा क्युएफएक्स एफ र वेवसाइटमा गएर काट्नु पर्ने सर्त थियो । हल मै गएर काटेको टिकट मान्य नहुने सर्त फिल्मको निर्माण टिम र क्युएफएक्स सिनेमाजले लागु गरेको थियो ।

सोही अनुरुप पहिलो दिन बिहीबार अनलाइन टिकट काटेकी श्रद्धा प्रसार्इंलाई फिल्मको निर्माणपक्षले पुरस्कार वितरण गरेको छ । झापाको विर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलबाट विजेतालाई एमआई मोबाइल वितरण गरिएको हो ।

‘वाच एण्ड विन’ योजना अन्तर्गत मोबाइल जित्ने अवसर ल्याइएको थियो । श्रद्धा पहिलो दिनकी विजेता हुन् । अन्य दिनका विजेता पनि क्रमशः दैनिक घोषणा गर्दै जाने बताइएको छ ।

यसका साथै सिनेमाले हिजो बिहीबार देशभरका हलमा उत्साहजनक व्यापार गरेको थियो । यो फिल्मले घटस्थापनाको दिन देशभरका हलबाट ८० लाख ग्रस कलेक्सन गरेको रिपोर्ट वितरक अशोक शर्माले सार्वजनिक गरेका छन् । ‘बेहुली फ्रम मेघौली’लाई बिहीबारका लागि देशभरका सिनेमा घरले ३४० भन्दा धेरै शो दिएका थिए । नेपालमा यति धेरै शो पाउने यो पहिलो फिल्मसमेत हो ।

‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट रिलिज भएको छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।