प्यारो मान्छेमा सलोन र मोनिका

काठमाडौं । गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘प्यारो मान्छे’ को भिडियो सार्वजनिक गरिएको छ । ओएस आर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको शब्द सन्ती बस्नेतले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।

भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका बोहोरालाई देख्न सकिन्छ । भिडियोले प्रेमी र प्रेमिका बिचको मायालाई देखाउन खोजेको छ । दिनेश काफ्लेले निर्देशन गरेको भिडियोको लगानीकर्ता गीतकै रचनाकार शान्ति बस्नेत हुन् । सुसन प्रजापतिले दृश्य कैद गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ्ग गरेर उत्कृष्ट बनाएका छन् ।

शिशिर खातीको कोरीयोग्राफी समावेश रहेको भिडियोमा सहायक निर्देशक करन खतिवडा रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सनको काम म्युजिक प्लसले गरेको हो ।