काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा परिचर्चा फिल्मवृत्तमा व्यापक छ । टिजरले नै सबैको ध्यान तानिरहेका बेला सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शक र फिल्मकर्मीको कौतुहलता अझ बढाइदिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक भइरहँदा फिल्मका एक कलाकार प्रकाश सपुत कार्यक्रमस्थलमा देखिएनन् । उनी नदेखिएपछि प्रकाश किन आएनन् भन्ने चासो हुनु स्वाभाविक नै हो ।
आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘वसन्त’को सुटिङमा व्यस्त प्रकाशले समय दिन नसकिरहेको एकतर्फले आँकलन गरिरहँदा अर्को तर्फले भने प्रकाशले ‘पूर्ण बहादुरको सारङ्गी’ टिम प्रति चित्त दुखाएकोसमेत सुनिएको थियो । फिल्म ‘वसन्त’ रिलिज पछि मात्र ‘पूर्ण बहादुरको सारङ्गी’को काम गर्ने शर्तमा प्रकाश अनुबन्धित भएको हल्लासमेत चलिरहँदा प्रकाशले शुक्रबार साँझ एक स्टाटस लेख्दै आफ्नो तर्फबाट कुरा प्रष्ट्याएका छन् ।
उनले टिमवर्कमा एउटा मान्छेले बेइमानी गर्दा ऊसँग जोडिएका थुप्रै मानिसहरुलाई धोका हुन्छ भन्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ टिमप्रति कटाक्ष गरेका छन् ।
यस्तो छ उनको स्टाटस
पहिलो चलचित्र परदेशी २ लाई मैले करिब ४ वर्ष पर्खिएको थिएँ । त्यस बिचमा अवसर पाएर पनि मैले अरु कुनै चलचित्र गरिन ! साथै आफुले सोचेको भन्दा अर्कै समयमा चलचित्र रिलिज हुने भएर पनि मैले आफ्नो व्यवसायिक संगित करियरको एउटा मोडलाई चटक्कै छोडेर चलचित्रलाई मनै देखि दर्शकहरु सम्म लिएर गए र दर्शक को माया पनि पाईयो । मलाई मेरो पेशाको प्रकृति र कर्तव्य थाहा छ । मैले त राम्रा कथाहरु डिटेलमा भन्न पाईयोस भनेर चलचित्र कर्म रोजेको हो । नत्र नेपाली दर्शक स्रोताबाट यो जुनिलाई पुग्ने माया, शुभेच्छा र आशिर्वाद मैले संगित मार्फत पाईरहेको छु । हिरो बन्ने रहर पनि परदेशी २ बाट पुरा भई नै हाल्यो । खासमा हाम्रो चलचित्र बसन्त का निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरु संग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ ।
यो बिचमा थुप्रै निर्माता निर्देशकहरुहरुले आफ्नो चलचित्रमा काम गराउन चाहानु भएको छ तर मैले ‘मलाई केहि समय चाहिन्छ है ‘ भने पछि केहि ले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौला ‘ भनेर अरु विकल्प सोचिसक्नु भएको छ ।म यतिखेर उहाहरु सबै संग लज्जित छु । किनकि टिम वर्क मा एउटा मान्छे बैमानीमा पर्दा उ संग जोडिएका अरु थुप्रै मानीसहरुलाई धोका हुन्छ । मैले पुर्ण बहादुरको सारंगिका लागि कुनै शर्त राखेको थिईन । मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ १
जेहोस, पुर्ण बहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकार संग काम गर्न मनै देखि ख़ुशी थिए र मनै देखि दर्शक सम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भय पछि म सरप्राइज़ भए । म संग लड़ि बस्ने ईनर्जि भएन । मैले केहि भन्न सकिन । यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पुर्ण ज़िम्मेवारी आफ्नै काधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होईन । भुमिका का हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।
खैर, मान्छेहरुको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ । कार्तिक १५ मा रिलिज हुने भए पछि अब यो चलचित्र शर्त र सम्झौताहरु बाट बाहिर निस्केर हामी सबैको भयो । अझै बढि दर्शकहरुको भयो । तपाईहरुको भयो । म यो कथा र आफ्नो पात्र “ कमले” लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु , पुर्ण बहादुरको सारंगी जस्तो कथाहरु संग जोडिन पाईराखौ । कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाईराखौ । तर पर्दामा यस्तो सपना, संघर्ष र ईमान को कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमान माथी बेईमानी र बदनामी गर्नेहरु संग चाहि फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना , दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन । म यो कुरामा सधै स्पस्ट छु ।
अन्तमा, यो नै अन्तिम स्पस्टिकरण हो है । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन । अब सकरात्मक ढंगले पुर्ण बहादुरको सांरगि को प्रमोशन गरिनेछ ! सबैको मनमा मिठो धुन बजाईनेछ । है त…
भेटौला “पुर्णेको छोरा कमले” संग कार्तिक १५ गते १