रचनाको मायामा हिक्क हिक्क रञ्जित

काठमाडौं । गायक भीम मगर र गायिका टिका प्रसाईंको स्वरमा नयाँ गीत ‘हिक्क हिक्क छ मलाई’को भिडियो दशैं तिहारको अबसर पारेर हालै बजारमा आएको छ । यो गीतको भिडियोलाई सिञ्जाली ग्रुप नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतलाई नारायण नेपालले लेखेको हुन । जसमा दीपक पाठकले संगीत सृजना गरेका छन् । यसमा विश्व अधिकारीको संगीत संयोजन र बिप्लभ अधिकारीको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोमा मोडल रंजित सिञ्जाली र रचना न्यौपानेको अभिनय रहेको छ । थुप्रै गीतमा मोडलिङ गरिसकेका रंजितको यसपटकको अभिनय पनि त्यत्तिकै राम्रो छ । यो गीतमा उनले एक सुन्दर युवतीलाई आफ्नो प्रेमिकाको रुपमा सम्झिएको दृष्य प्रस्तुत गरिएको छ । जब ती युवती रचना आफ्नो प्रेमीसँग मोटरवाईकमा चढेर जान्छिन् । त्यतिवेला रंजित झस्याङ हुन्छन् । गीतमा रंजित र रचनाको जोडी पनि त्यत्तिकै सुहाएको छ ।

राजन भुजेलले निर्देशन गरेको यो गीतको भिडियोलाई सरोज शाहीले खिचेका हुन् । जसमा निराजन केसीको सम्पादन एवम् रंग सँयोजन रहेको छ । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।