जापानमा गुञ्जिँदै स्वप्न सुमन

काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । जापानमा हुने ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ मा स्वप्न आफ्नो व्याण्ड एस्टर्ससँग गीत सुनाउनेछन् ।

कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । म्याक्स इन्टरटेनमेन्टको प्रस्तुति रहने कार्यक्रम डिसेम्बर १ मा हुनेछ । टि–२ सिनजुकुमा हुने कार्यक्रममा चार हजार जापानी येन चार हजारदेखि १० हजारसम्मको टिकट मूल्य रहेको छ । ३ बजे कार्यक्रमस्थलमा प्रवेश खुला गरिनेछ भने ६ बजेबाट कार्यक्रम सुरु हुनेछ ।