काठमाडौँ । हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । काठमाडौंमा हालै एक कार्यक्रमको आयोजना गर्दै प्रोमो सार्वजनिक गरियो । सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहाना अनुरुप कलाकारहरुमा केही परिवर्तन र मेकिङमा पनि थप स्तरिय बनाउँदै दोस्रो सिजन ल्याइएको हो ।
उनका अनुसार आगामी सोमबारबाट दोस्रो सिजन प्रसारण हुनेछ । सिरियल एपिवन टेलिभिजनमा ८ बजे र भटभटे माइला युट्युव च्यानलमा ८ः३० बजे प्रसारण हुनेछ ।
कार्यक्रममा कलाकारहरु शिवहरी पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईँ, मरिचमान श्रेष्ठ, सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापालगायतको उपस्थिती थियो ।