पौष २० बाट छायांकनमा जन्ते बाख्रो

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’को मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो । मुहुर्तमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए ।

फिल्ममा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्मकमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्ममा हरि हुँमागाईको छायांकन हुनेछ ।