मुम्बई(एजेन्सी) । बलिउड निर्देशक अनुराग कश्यपको आइकोनिक फिल्म ‘ग्याङ्स अफ वासेपुर’ मा अभिनेता तथा राजनीतिज्ञ रवि किशन पनि अभिनय गर्ने तयारीमा थिए । तर अनुबन्ध हुने अन्तिम समयमा निर्माण पक्षले उनलाई फिल्मबाट हटायो । यसको कारण रवि आफैंले खुलासा गरेका छन् ।
रविका अनुसार अनुरागको उक्त ‘टाइट बजेट’ वाला फिल्मका लागि रवि निकै महंगा अभिनेता हुँदै थिए । योसँगै उनको एक अनौठो बानीका कारण पनि उनलाई फिल्ममा निर्माण पक्षले राख्न चाहेन ।
रवि फिल्मबाट बाहिरिएपछि उनका बारेमा अनेक अफवाह फैलिएको थियो । यद्यपि उनका अनुसार केही अफवाह भने सत्य थिए भने अधिकांश असत्य । जस्तो कि उनको दूधले नुहाउने बानी थियो । यो बानी उनलाई फिल्ममा हटाउने प्रमुख कारण रहेको उनीले नै स्वीकारेका छन् ।
‘म दूधले नुहाउँथे । मलाई यसबाट मजा आउँथ्यो । कसैले यो कुरा अनुरागलाई भनेछन् । म सन्की छु, त्यसकारण म एक कलाकार हुँ । यदि म सामान्य व्यक्ति थिएँ भने म भवनमा काम गर्थे, काममा टिफिन बक्स लैजान्थे । तर अनुरागले उनीसँग मेरो माग पुरा गर्ने बजेट नभएको बताए । त्यसकारण मैले फिल्म छोडें । कसैले मेरो बारेमा गलत हल्ला पनि फैलाएछन्’, रविले भनेका छन् ।
फिल्म ‘ग्याङ्स अफ वासेपुर’ दुई भागमा रिलिज भएको थियो । फिल्ममा मनोज बाजपेयी, नवाजुद्दीन सिद्दीकी, तिग्मांशू धूलिया, जीशान कादरी, हुमा कुरैशी, ऋचा चड्ढा, पंकज त्रिपाठीजस्ता कलाकारले अभिनय गरेका थिए ।