भूकम्प लगत्तै जिममा मनीषाको व्यायाम

काठमाडौं । मंगलबार बिहान नेपाल र चीनको सीमावर्ती तिब्बतमा ७ दशमलब १ म्याग्नेच्युटको भूकम्प गयो । उक्त भूकम्पले मानिसहरु त्रस्त भए । यही बीच अभिनेत्री मनिषा कोइराला भने भूकम्प पछि नियमित व्यायामका लागि जिम पुगिन् । उनले इन्स्टाग्राम एकाउण्टमा भूकम्प पछि जिम पुगेको भिडियो राखेकी छन् ।

मनीषाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडियो राखेकी छने । जहाँ उनलाई ट्रेडमिल चलाईरहेको देख्न सकिन्छ । यो भिडियोमा मनीषा जिम आउटफिटमा ज्याकेट र बेसबल क्यापमा देखिएकी छिन् । भिडियोमा उनले तिब्रगतिमा ट्रेड मिल चलाइरहेको देख्न सकिन्छ । उनले भिडियोको क्याप्सनमा ‘भूकम्पले मलाई बिहानै उठाइदियो’ लेखेकी छन् ।

कामको कुरा गर्दै मनीषालाई गत वर्ष नेटफ्लिक्सको वेब सिरिज ‘हीरामण्डी’मा दर्शकले देखेका थिए । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो सिरिजमा मनीषाको कामलाई दर्शकले प्रशंसा गरेका थिए ।