क्यान्सर पीडित कलाकार राजनलाई आर्थिक सहयोग



काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सर पीडित कलाकार राजन थापाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

चार दशकदेखि नेपाली कलाकारितामा सकृय थापालाई विगत १ बर्षदेखि आन्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै गरेकोले चलचित्रकर्मी कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसी, कोषकी संयोजक वसुन्धरा भुसाललगायतले चेक प्रदान गरेका हुन् ।

२०३९ सालदेखि कलाकारितामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु, कंगाल, सम्पति लगायतका ठुलो पर्दाका फिल्महरुमा तथा अविरल बग्दछ ईन्द्रावती, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् ।