हमनवामा करण र अम्बिका



काठमाडौं । गायिका रानी शाक्यले विनित सिंहसँग सहकार्य गर्दै नयाँ हिन्दी गीत ‘हमनवा’ सार्वजनिक गरेकी छिन् । रानी र विनितको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णुको छायांकन, माभेरिकको सम्पादन छ ।

अमेरिकामा रहेर गीतसंगीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।