काठमाडौं । लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत ‘धेरै नरिसाउ’ सार्वजनिक गरिएको छ । गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रमेश परियारको शब्द र संगीत छ ।
गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । नवराज उप्रेतीको टिमले खिचेको भिडियोमा विक्रम चौहानको निर्देशन छ । भिडियोको सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन् ।
यो गीतलाई गायिका संगीताले प्रस्तुत गरेकी हुन् । पछिल्लो समय अमेरिका बस्दै आएकी संगीता अहिले नेपालमा छिन् ।