सबिन श्रेष्ठले ल्याए ए घरबेटी बा

काठमाडौं । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ ।

दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदैछन् ।

काठमाडौंमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

सविन श्रेष्ठ भन्छन् ‘मैले काम गर्ने अक्सर एक्सन जनराका छन् । तर वेवसिरिज लिएर आएका छौं । काठमाडौं संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ ।