काठमाडौं । बाबा एजुकेशन कन्सल्टेन्सीको टाइटल प्रायोजनमा सिड्नीमा बाबा होली मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार दुई दिन आयोजना हुन लागेको हो ।
कार्यक्रम सिड्नीको चर्चित पार्क बरूउड पार्कमा आयोजना गरिन लागिएको जानकारी बाबा एजुकेशनका प्रमुख रबिन्द्रकुमार शर्माले दिएका छन । कार्यक्रममा प्रबेश निःशुल्क राखिएको छ भने कार्यक्रम निकै भब्य र सभ्य हुने अपेक्षा गरिएको छ ।
‘सिड्नीमा रहनु हुने नेपालीहरूलाई होलीको अबसरमा एउटै थलोमा जमघट गराउंने हाम्रो उद्देश्य हो । प्रबासमा नेपाली संस्कृति र चाडबाड मनाऊँदा निर्धक्क भएर मनाउंन पाईयोस भनेर नै आयोजकले प्रबेश निःशुल्क गरेका हो । हामीलाई बिश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउंन आउंनु हुने छ । उहांहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो’, शर्माले भने ।
बरूउड पार्कमा आयोजना हुने होली मेलामा शिब परियार, मानसराज, आमेश भण्डारी र नटकेस लगायतका चर्चित कलाकारहरूले बिभिन्न प्रस्तुतिहरू पस्कंने भएका छन ।