११ः५५ बाट आशावादी कलाकार



काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।

फिल्मकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफुले हरेक फिल्ममा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’को भूमिकालाई पनि रुचाइनेमा आशावादी छिन् । फिल्ममा उनी एक विवाहित महिलाको भूमिकामा छिन् । यो फिल्म थ्रिलर जनरामा निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको बताइन् । यो उनको मनपर्ने जनरा समेत रहेको खुलाइन् । यो फिलमको कथा एक दिन रातको ‘११ः५५’मा घटेको घटनाको वरिपरि घुम्ने उनले जानकारी दिइन् ।

सामान्य दर्शकको रुपमा फिल्मको स्कृप्ट पढ्दै गर्दा रमाइलो लागेकाले फिल्ममा काम गर्न तयार भएको उनले बताइन् । ‘आजसम्म मैले एक किसिमको क्यारेक्टर गरिरहेको थिएँ । मेरो लागि यो फिल्म क्यारेक्टर समेत फरक लागेको थियो । यो क्यारेक्टरको एउटा साइकोलजिकल ग्राफ अनि लुक वाइज पनि फरक थियो । त्यही भएर पनि म यो फिल्ममा काम गर्न तयार भएकी थिएँ,’ उनले भनिन् ।

फिल्मकी अर्की मुख्य अभिनेत्री करिष्मा श्रेष्ठले फिल्ममा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन् । ‘फिल्ममा मेरो ‘ग्रे’ क्यारेक्टर छ । मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ । यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ । त्यो क्यारेक्टर निभाउन निकै चुनौती भयो । मलाई चुनौती मन पनि पर्छ । मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

फिल्मका मुख्य अभिनेता महेश त्रिपाठी पनि फिल्मलाई लिएर उत्साहित देखिन्छन् । नेपालमा कमै मात्र बन्ने जनरा क्राइम थ्रिलरमा फिल्म निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको थिए । यो सँगै फिल्म यस्को मुख्य भूमिका उस्को सहायक भूमिका भन्ने नै छैन् । फिल्ममा काम गरेका सवै कलाकार नै मुख्य भूमिकामा भएकाले काम गर्न निकै मज्जा आएको उनको अनुभव छ । जसरी हामीले छायांकन सेटमा काम गरेका थियौं । त्यसरी नै हलमा फिल्म हेर्न पनि मज्जजा आउने विश्वास उनको छ ।

यो फिल्मबाट अभिनेता सागर खनालले समेत नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफुलाई डेव्युको प्रेसर नलिएको उनले बताए । ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए । फिल्म डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन् । कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफुले डेव्युको प्रेसर नलिएको हुँ,’ अभिनेता डेव्यु खनालले भने ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

फिल्ममा सागर खनाल, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय छ ।