हङ्गामा गोल्ड र स्टार प्राइममा प्रेमा



काठमाडौं । नेपाली फिल्म ‘प्रेमा’ ले विश्व मञ्चमा नेपाली फिल्मको लागि महत्वपूर्ण फड्को मारेको छ । यो फिल्म हङ्गामा गोल्ड, स्टार प्राइम, एयरटेल एक्सस्ट्रिम र अमेजन प्राइम भिडियोमा अङ्ग्रेजी सबटाइटलसहितको रिलिज भएको छ ।

नेपाल र भारतलसहित विश्वभरका दर्शकले हङ्गामा गोल्ड र स्टार प्राइममा हेर्न सक्छन्। अमेजन प्राइम भिडियो पहुँच संयुक्त राज्य अमेरिका र बेलायतका दर्शकहरूमा सीमित छ, जबकि एयरटेल प्रयोगकर्ताहरूले यसलाई एयरटेल एक्सट्रिममा हेर्न सक्छन्।

विवेक घिमिरे र गोविन्द सिंह भण्डारीको निर्माण र गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको छ ।