काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गिती संग्रह ‘नवमी’मा रहेको ‘निलो गहिरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुगम स्वयं र नरेश देव पन्त को शब्द रहेको उक्त गीतमा सङ्गीत सुगमकै रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्।
इलामका रमणीय ठाउँ समेटेर बनाइएको भिडियोमा दिनेश थापा काजीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा सुगमलगायत यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ,यालुंग हाङ्ग राई र कुन्सांग राईको अभिनय छ ।