रामकृष्ण र काजोलको यो माया बसेर हो कि

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका काजोल कार्कीको स्वरमा रहेको नयाँ गीत ‘यो माया बसेर हो कि’को भिडियो सार्वजनिक गरिएको छ। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, कुशल सिंहको संगीत संयोजन छ।

रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन्। नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ। गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ।

सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अबि वाग्लेको कोरियोग्राफी रहेको छ। दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ। भिडियो म्युजिक नेपालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।