नयाँवर्षबाट टेलिफिल्म सपना आउँदै

चितवन । टेलिफिल्म ‘रिटायर हवल्दार’मा साधुराम पात्रको भूमिकाबाट चिनिएका पिताम्बर आचार्यले ‘सपना’ नामक टेलिफिल्म निर्माण गर्ने भएका छन् ।

आचार्यको लेखन, निर्देशनमा रहेको टेलिफिल्म नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाखको पहिलो साताबाट आफ्नै युटुव च्यानल पिआचार्य मार्फत रिलिज हुने भएको छ ।

चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको टेलिफिल्ममा हरेक मान्छेले आफ्नो दैनिक जिवनमा देख्ने सपनालाई मूख्य कथावस्तु बनाईएको आचार्यले बताए ।

टेलिफिल्ममा पिताम्बर आचार्य, सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पुकुमार गुप्ता, अर्जुन कुमाल, प्रज्जवल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमाया बास्तोला, राजकुमार भुजेल, लक्ष्मी वास्तोला, सुमित्रा रेग्मी, माया रेग्मी, टिकटक भाइरल विश्वसुन्दी, अफ्रिकन क्वीन, रामकृष्ण महतो, टिकाकुमारी महतोसँगै बाल कलाकारहरु सुवत लामिछाने, सिरोज पौडेल, कान्छी बास्तोलाको अभिनय रहनेछ ।

टेलिफिल्ममा युवा आख्यानकार भीष्मराज फुलाराको गीत, राजेन्द्र बजगाईंको संगीत, सञ्जय लामाको श्रृंगार तथा आभाष रानाको छायांकन र सम्पादन हुनेछ ।