काठमाडौं । आगामी वर्षको जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट नायिका निती शाहको फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा निती मुस्कुराएकी छिन् । फस्टलुकमा नितीलाई राधाकाे रुपमा चिनाइएकाे छ यो पोस्टरले उनी फिल्ममा कसैको श्रीमती वा प्रेमिकाको रुपमा देखिन लागेको वुझ्न सकिन्छ । तर, कुन पात्रसँग उनको जोडी बाँधिएको छ भन्ने खुलेको छैन ।
यो फिल्मलाई लिएर निती उत्साहित छिन् । उनले, नायक राजेश हमालसँग फिल्ममा काम गर्दा धेरै कुरा सिकेको पनि बताएकी छिन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।