काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजिनिक भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिन सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु पन्त र चेतन चुडालको स्वर, अर्जुन पोख्रेलको सङ्गीत, संजिव बराइलीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ एवम् माष्टरिङ छ ।
माधव शर्माको निर्देशन एवम् प्रबीन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक रमेश उप्रेती र सनीशा भट्टराईको अभिनय छ । प्रेमिलको गीतमा मायाले हार्न नदिने र बाँच्न सिकाउने भाव व्यक्त गरिएको छ ।
भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सविना गुरुङको श्रृङ्गार छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।