१३ वटा हलमा लाज शरणमको ५१ औं दिन

काठमाडौं । शिवरात्रीको अवसर पारेर गत फागुन १४ गते रिलिज भएको फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । फिल्मले आजबाट ५१ औं दिनको यात्रा पुरा गरेको हो ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो फिल्मले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

“हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।” पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।
यस्तै, फिलममा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको फिल्ममा कुमार कट्टेलको निर्देशन छ । सुदीप बराल छायांकार रहेको फिल्मको सहनिर्माता रामनरेश शाह र सिर्जना खड्का छन् । यो फिल्म हास्य सिरियल सक्किगोनी समूहले निर्माण गरेको पहिलो फिचर फिल्म हो ।