काठमाडौं । नेपाली टेलिफिल्म ‘मनको बाँध’मा जापानी अभिनेत्री माहोले अभिनय गरेकी छन् । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिफिल्ममा काम थालेकी हुन् ।
यो टेलिफिल्म वैशाख ६ गते शनिबार फोकस पिक्चर्सको युट्युब च्यानलमा हेर्न सकिनेछ । टेलिफिल्मका निर्देशक प्रदीप खड्गीका अनुसार टेलिफिल्ममा कोठामा बस्ने सामान्य परिवारको कथावस्तु देखाइनेछ । उनले नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिफिल्ममा पृथक गर्न खोजिएको बताए ।
निर्देशक खड्गीले यसअघि नेपाली ऐतिहासिक फिल्म कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रिलर फिल्म अपीच्य, बहुभाषी फिल्म हिमआँधी लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।