काठमाडौं । क्यानडामा लामो समयदेखि बसोबास गर्दै आएका गायक आशीर्वाद सुवेदीले आफ्नो नयाँ गीत “ओ प्रियसी” सार्वजनिक गरेका छन् । सुवेदी नेपाली संगीत, कला र संस्कृति प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन् र उनले क्यानडामा विभिन्न नेपाली सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिरहेका छन्।
“ओ प्रियसी” गीतमा विनय कार्कीको र्यापले गीतलाई थप आकर्षक बनाएको छ। गीतका शब्द र सङ्गीत कृष्णराज भण्डारीले तयार पारेका हुन्। सङ्गीत संयोजन बिनय कार्कीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन्। गीतको रेकर्डिङ आरोही बीट्स स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा राहुल शाह, भावना उप्रेती, र प्रिन्स र्याजले अभिनय गरेका छन्। छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन र रङ संयोजन सुप्रिम पराजुलीले गरेका हुन्।
मेकअप सरिता प्रजापतिले गरेका छन्, पहिरन डिजाइन अनुष्का पौडेलले, र पोस्टर कला सन्तोष सुनारले तयार पारेका हुन्। शम्भु श्रेष्ठले उत्पादन व्यवस्थापन गरेका छन् भने भिडियो भाइब एण्ड वेबको ब्यानरमा निर्माण गरिएको हो।
भिडियोको निर्देशन, कोरियोग्राफी राहुल शाहले सम्हालेका छन्, जसले भिडियोमा कथा र भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।