कार्की साईलाको स्क्रिप्ट पूजा र मुहुर्त

काठमाडौं । फिल्म ‘कार्की साईला’को शुभ मुहर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ मुर्हत गरिएको हो । फिल्मका प्रमुख कलाकार जितु नेपाल र वर्षा शिवाकोटीले मुहुर्त सर्ट दिएका थिए ।

मुहर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बरबहादुर राईले गरेका थिए । यस्तै निर्मातारकलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि,नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जिवननाथ गौतम र पटकथा सम्वाद अजित लामिछानेको रहेको छ ।

फिल्ममा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङको अभिनय रहनेछ । फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्मको पात्र एक भरिया हुन् ।फिल्म आगामी वैशाख २० गतेबाट धनकुटाको विभिन्न स्थानमा छायांकन गरिने छ ।