विनोदले ल्याए बैमानी

काठमाडौं । गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । गायक शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको छ ।

बहुआयामिक ब्यक्तित्व गीतकार बिनोद अधिकारीका तीनवटा गीतहरु एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएका छन् भने दुईवटा गीतको छायांकन समेत भैसकेको छ ।

‘बैमानी’ गीतको म्युजिक भिडियोको छायांकन काठमाडौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा भएको छ । भिडियोमा गीतकार बिनोद अधिकारी मुख्य भूमिकामा देखिएका छन् । उनको साथमा अभिनेत्री आयुष्मा कार्की र रोबिन पोख्रेलले अभिनय गरेका छन् ।

भिडियोमा संगीतकार बिपिन आचार्यलको निर्देशन छ । भिडियोमा छायांकन दुर्गाप्रसाद पौडेलको र सम्पादन विकास ज्ञवालीको छ । गीतले चोखो मायामा हुने धोका र बिश्वासघातमा आधारित वियोगान्त कथा रहेको छ ।

नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै उच्च शिक्षादेखि बीबीएससम्मका एकाउन्टिङ पुस्तक सिरिजका लेखकसमेत रहेका बिनोद बिगत सात बर्षदेखि अस्ट्रेलियाको डार्बिनमा परिवारका साथ बस्दै आएका छन् ।