अमितको मायाको आभाष

काठमाडौं । गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् ।

हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय रहेको छ । भिडियोमा मेकअप सदिक्षा कर्माचार्यले सम्हालेकी छन् र कपाल सजावट (हेयर) खुस्बु श्रेष्ठले गरेकी छन् भने ट्यांक साउदले मेकअप सहायकको जिम्मेवारी पुरा गरेका छन्।

सार्वजनिक गीतलाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।

भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन् । भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोलाई सिनेम्याटोग्राफर ९डीओपी० रेयवट श्रेष्ठले खिचेका हुन् भने उत्पादन व्यवस्थापक सलिम एमएसएम गरेका छन्।