मिष्टर नेपालबाट चार प्रतियोगी छानिँदै

काठमाडौं । ‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएका छन् । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगीता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘मिष्टर नेपाल’को नयाँ सिजन ‘मिष्टर नेपाल २०१८’को आवेदन खुल्ला भएको जानकारी दिइयो । १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी बिषयमा दक्ष प्रशिक्षकद्धार प्रशिक्षण सहित फाइन प्रतिस्पर्धा उतार्ने आयोजकको योजना रहेको छ ।  यस बर्षको मिष्टर नेपाल बिजेताले चलचित्र, युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले बाइक पुरस्कार सम्बन्धमा सम्झौता समेत गरेका थिए ।

कार्यक्रममा म्यानेजर नवराजले मिष्टर नेपाल पुरुषहरुको सबैभन्दा ठुलो र प्रतिष्ठित कार्यक्रममा भएकोले पनि आफु जोडिएको बताए । सन् २००१ देखि नियमित आयोजना हुदै आएको प्रतियोगीताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझी लगायत दर्जन बढी बिजेता चुनिसकेका छन् ।