बाः एक योद्धाबाट आशावादी अनिल

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । अनिल तिनै कलाकार हुन्, जसले फिल्म ‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । ‘कर्मा’का उनी विपिन कार्कीपछि सेकेन्ड लिड रोलमा थिए ।

‘मैले पहिलो फिल्मबाट जसरी माया पाएँ, यो फिल्ममा पनि त्यही अपेक्षा गरेको छु,’ अनिल भन्छन्, ‘पहिलो फिल्मका कमजोरी सुधार गरेर यसमा थप सुधार्ने प्रयास गरेको छु ।’

फिल्म भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू फिल्मको मुख्य कथा हो ।

फिल्ममा अनिलसँगै अभिनेता दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् ।